Tuesday, May 8, 2012

 

School Enrollment Campgain: result oriented or donor oriented 

http://www.onsnews.com/index.php?pagename=lekh&id=103

विद्यालय भर्ना अभियान नतिजामुखी कि दातृनिकायमुखी ? 

राधा पौडेल / चाँहे इन्धनको सवाल होस् वा फोहोर व्यवस्थापन वा सुकुम्वासी व्यवस्थापन होस्, सरकार सदैव लक्षणहरुमा काम गर्ने सहानुभूति देखाउने हस्ताक्षर गर्ने कामहररुमा मात्र अग्रपंत्तिमा छ । जतिसुकै लोकतान्त्रिक सरकार मानिएता पनि लक्षणहरुमा मात्र केन्दि्रत रहने, मुल जरामा सम्बोधन नगर्ने, गर्न नचाहने थुप्रै उदाहरणहरु छन् नेपाल सरकारका ।
 
सरकारमा बस्ने मन्त्रीहरुलाई फोटो खिचाउने इतिहास लेखाउन हतार छ । न कि जनजीविकाको सरोकारका क्षेत्रमा  संस्थागत विकास गर्न । यसको अर्को उदेक लाग्दो उदाहरण हो "विद्यायल भर्ना "अभियान । टेलिभिजनमा देखिएको देखिएकै छ, माछा मार्ने बाल बच्चाहरु विद्यालयमा, यसले यो पंत्तिकारको मनमा केही प्रश्नहरु उब्जेका छन् । 
 
१।  २ वर्षअघि ती बालिकाले किन स्कुल छोडे ? 
२। स्कूलको वातावरण, शिक्षक, शिक्षण प्रणाली कस्तो थियो ?
३। अभिभावक विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको भूमिका र समन्वय कस्तो थियो ?
४। विद्यार्थीको घरमा के कस्तो अवस्था थियो रु विद्यार्थीलाई घरको अवस्थाले पढ्न उत्साहित गर्छ कि निरुत्साहित ?
५। जिल्ला शिक्षा कार्यालय विद्यालयको गतिविधि  गुणस्तरीय शिक्षा सम्बन्धी जानकार राख्छ कि राख्दैन ?
६। स्थानीय तहका राजनैतिक पार्टीहरु स्कुलको क्रियाकलाप र प्रगतिप्रति सरोकार राख्छन कि राख्दैनन् ?
७। हाल पुनः भर्ना भएका विद्यार्थी किन भर्ना भए रु उनीहरुलाई भर्ना गर्न के कुराले उत्पे्ररित गर्‍यो रु के यो प्रेरित गर्ने  कुरा दीगो रहन्छ ?
 ८। के सरकार स्कूल भर्ना कार्यक्रमलाई धरपकड लक्ष्य पूरा गर्न मात्र हो रु के भर्ना गर्दैमा त्यस्को लक्ष्य पूरा भयो ? 
 
सहस्राब्दी लक्ष्यलाई हेर्ने हो, भने करिब सातै वटा लक्ष्य प्राप्त गर्नका लागि शिक्षाको भूमिका अपरिहार्य छ । शून्यतामा न महिला शसक्तिकरण संभव छ न गरिबी न्यूनिकरण, वातावरण संरक्षण रोगहरुको रोकथाम । 
 
शिक्षाको महत्व यति छ र उसो छ भनेर गरिएका भाषण, लेखिएका नीति नियमले के शिक्षामा हासिल गर्न खोजिएको नतिजा प्राप्त गर्न संभव छ र ? किनकी हाम्रा दुर्गम स्थानका विद्यालयमा अझै पनि विकराल स्थितिबाट गुर्जिएको छ, शिक्षा । जुम्ला जिल्लाको सदरमुकामबाट ४ घन्टा हिडेर पुगिने स्कूलको यथास्थिति :
 
स्कुल स्थापना भएको २५ वर्ष भयो, करिब १६०० बच्चा त्यस  स्कूलबाट पढेर निस्के जसमा ८ जना मात्र अस्थायी शिक्षकको रुपमा कार्यरत छन् भने करिब १०-१५ जना अशक्त अवस्थामा गाउँमा छन् । बाकी सबै नेपालगंज र भारतमा मजदुरी गर्दैछन् । त्यति मात्र कहाँ हो र विद्यालयमा अहिलेसम्म पठनपाठनका लागि आवश्यक शैक्षिक सामग्री छैनन् ,प्रशस्त शिक्षक छैनन् । भएका शिक्षक  नियमित रुपमा विद्यालय आउदैनन् आएका शिक्षकलाई पाठ्यक्रम राम्रोसँग पढाउन आउदैन । 
 
अभिभावक बेखबर छन् । फेल किन भए भन्ने प्रश्न मात्र गर्दछन् । विद्यालय व्यवस्थापन समिति झनै कुहिरोमा छ । १-२ पटक कार्यसमितिको कार्यकाल सकिसक्यो । विद्यार्थीहरुमा सपना छैन, खाजा खान पाइने बहानामा स्कूल आउछन्  ।२ जना बच्चा एउटा कपी लिएर आउछन् । तीन कक्षा पढ्ने बहिनी आफ्नो नाम जानुका लेख्छिन् । राधा लेख्न सक्दिनन् । ७ कक्षा पढ्ने  भाई आफ्नो हेडसरको नाम अंग्रेजीमा लेख्न सक्दैनन् ।
 
पाठकवर्ग तपाईको टाउको दुखेन रु व्यक्ति मात्र कहाँ हो र रु चाहे त्यो तराईका जिल्लामा होस् वा कर्णालीमा एसएलसीको ११, १२ को परीक्षा हलमा झडप हुन्छ, टाढा टाढा गएका दाजु दिदीहरु घर आको अभास छ । जुन चिट चोराउन संभव भए आफै नै परीक्षा हलमा बस्ने गर्नका लागि यो पंत्तिकारले आँखाले देखेको छ यो सबै चरित्र । 
 
यो परिवेशमा भर्ना अभियानमा संख्या बढाएर नतिजा प्राप्त गर्न सकिन्छ  खै हामीले नजितामुखी योजना प्रक्रिया सुरु गरेको रु नेपाल जिवनस्तर स्ट्रान्डर्ड सर्भे तेश्रोको नतिजाले पनि शिक्षित घरमुलीमा ४, ५ गुणा गरिबी कम भएको पुष्टि गरिएको छ । यसर्थ शिक्षाको महत्व  व्याख्या गर्न जरुरी छैन । जरुरी छ, तर नतिजामुखी कार्यक्रमको विद्यार्थीहरुले सिक्ने वातवारण सृजना गर्न, शिक्षकलाई सिकाउने वातवरण सृजना गर्न त्यति सजिलो छैन ।
 
यसका लागि स्कूल र अभिभावकको अन्तरक्रिया, बहस, छलफल अति नै सघन रुपमा हुन जरुरी छ । समुदायले अर्थात् अभिभावकहरुले यसको महत्व वुझेपछि विद्यालय व्यवस्थापन समिति आफै छानिएर जाने र सक्रिय रुपमा लाग्ने अभ्यासको बृद्धि हुन्छ, जहाँ शिक्षा कार्यालयको रणनीतिक योजना अनुरुप सुपरिवेक्षण र अनुगमन अपरिहार्य छ । 
 
हुन त कतिपय स्थानमा विद्यालय व्यवस्थापन र अभिभावक संघ नै बाधक देखिएका छन् । बाधक कतिवबेला सिद्ध हुन्छन्, तब राजनीति घुस्छ उनीहरुको भूमिका र कर्तव्यका बारेमा बेखबर छन् । आफ्नो बच्चा जन्मदा सुनौलो भविष्यको कल्पना नगर्ने कुन चाँहि अभिभावक हुन्छ र ?
 
यस परिवेशमा राष्ट्रलाई दीगो शान्ति र समृद्धितिर धकेल्नको लागि सरकार लगायत सरोकारवाला निकायले शैक्षिक प्रणालीलाई नतिजामुखी दृष्टिकोणले अगाडि सारिएन भने नेपालको भविष्यमा अन्धकारमय छ  । अहिले नेपालको जनशक्ति हेर्ने हो भने सरहमा बालबालिकाको संख्या घट्दो छ । कोही विदेश गइसकेका छन् भने कोही जाने तरखरमा छन् ।
 
ग्रामिण स्तरमा बालबालिकाको संख्या धेरै छ । प्राय उनीहरुको अवस्था अस्वस्थ रहदा सिंगो नेपालको भविष्य नै अस्वस्थ रहने निश्चित छ । यसर्थ दातृ निकायलाई खुशी पार्नका लागि वा कार्यक्रमको लगानीका लक्ष्य पुरा गर्नको अलावा नतिजा के प्राप्त गर्नु पर्दछ । त्यसका लागि ठाउँ परिस्थिति जात, भाषा, प्रविधिलाई मध्य नजर जानुको विकल्प छैन ।
 

Training on Women Peace and Security
The participants from Jumla; Laxmi Kanya Budha, Gauri Kathayat, Narayani Chaulagin , from Kalikot Chhaya Sunar, from Acham Devsara Khadka and Sabitri Bhandari from Chitwan joined five days training held in Park Village, started from May 3-7 by supported by UNDP under the N-Peace Network.
women's campgain for peace and constitution
http://www.onsnews.com/index.php?pagename=topstories&id=13741
As a part of advocacy, we are organizing various activities since first phase and currently running forth phase of campgain.
As a part of forth phase of campgain for peace and constitution,we are organizing various activities. To submit the attention paper to the party's SACHETAK is also a activitiy. We did to Dev Gurung of Maoist and then went to the UML Mr Bhim Acharya. He denied to the movement of women's campgain and balmed the women right activists as a part of dollor farming and disagree with our movement including slum/sukumbasi movement. see the details in below news.

एमाले सचेतक महिला अधिकारकर्मी माथि खनिए


लोग्शरी कुँवर / काठमाडौ, २६ वैशाख (ओएनएस) : एमाले प्रमूख सचेतक भीम आचार्य महिला मानव अधिकारकर्मीहरुले डलर खाएर महिलाको मात्र वकालत गरेको भन्दै महिला अधिकारकर्मीमाथी खनिएका छन् ।
 
तोकिएको समयमा लैगिंक मैत्री नयाँ संविधान जारी हुनुपर्ने माग राख्दै मंगलबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा ध्यानाकर्षण पत्र बुझाउँन गएका महिला मानव अधिकारकर्मीलाई एमाले सचेतक आचार्यले यस्तो आरोप लगाएका हुन् । 
 
ध्यानाकर्षण पत्र बुझे पश्चात महिलाका केही मुद्दाहरुमा कुरा उठेपछि महिला अधिकारकर्मीहरुले मंगलबार काठमाडौंको थापाथलीस्थित वाग्मति नदी किनारमा बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई उठाउने क्रममा कुनै व्यवस्था नै नगरी सरकारले उठिवास गरेको भनेपछि एमाले सचेतक आचार्यले महिला मानव अधिकारकर्मीहरुलाई भने - "तपाईहरु डलर खाएर सबै खालका महिलाका विषयमा कुरा गर्न छोड्नुस् । तिनीहरु साच्चिकै सुकुम्वासी हुन् र ? तिनीहरुको पुख्र्यौली घर कहाँ हो, थाहा छ तपाईहरुलाई ? यस्ता वाहियात कुरा नगर्नुहोला" भन्दै रिस पोखेका थिए ।
 
आचार्यले डलर खाएर महिलाहरुले सुकुम्वासी मुद्दा जस्तो अनावश्यक कुरामा पनि बोलेको भन्दै खनिएपछि एमालेकै वरिष्ठ नेता केपी ओलीले सुकुम्वासीहरुलाई उचित व्यवस्थापन नगरी हाल बसोबास गरिरहेको ठाउँबाट उठाइनु हुन्न भन्नु भएको थियो त भनेपछि आचार्यले झन् आक्रोसित हुँदै 'केपी ओली एमालेको मान्छे हो र ?' भन्दै आक्रोस पोखेका थिए । 
 
महिला अधिकारकर्मी कला राईले पार्टीका प्रमूख नेताहरुबाट समेत निश्पक्ष महिला अधिकारकर्मी माथि यस्तो अपमान हुनु राम्रो नभएको प्रतिक्रिया दिइन् ।  
 
ध्यानाकर्षण पत्र बुझाउन जाँदा एमाले सचेतक आचार्यले महिला अधिकारकर्मीलाई यसो भनिरहँदा एमाले सभासद दुर्गा परियार पनि सोही ठाउँमा बसिरहेकी थिइन् ।
 
महिलाहरुले मंगलबारनै एकिकृत नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङलाई पनि तोकिएको समयमा नै संविधान जारी हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।     
 
 
 
 

http://www.onsnews.com/index.php?pagename=topstories&id=13743

AWON has participated in the human right monitoring of the smashed of slums in the Thapathali side of Bagmati river in May 8, 2012. Also participated in delegation to National Human Right Commission, press released.

248 household smashed since 5 am in the morning without prior information.30-35 were arrested and kept in three different places.20 men, 10 women and 5 children were arrested and keptin Maharajgunj. Neema Sherpa was injured due to cell of tear gas and police beaten to the women. 

वास्तविक सुकुम्बासीको पहिचान गरी यथोचित पुनः स्थापना गर्न माग

 
ललितपुर, २६ बैशाख (ओएनएस ) : थापाथलीस्थित बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई सरकारले मंगलबार विहान हटाएको र घर-टहरा भत्काएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित सुकुम्बासीका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुसंग आयोगकै सभाकक्षमा परामर्श गरेको छ । 
 
परामर्श बैठकको क्रममा सुकुम्बासीहरुलाई हटाउने सिलसलामा भएको झडपमा घाइते भएका सुकुम्बासीहरुको उचित औषधिउपचारका लागि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । 
यसैगरी, वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई यथोचित पुनःस्थापनाको व्यवस्था गर्न आयोगले सरकारसंग आग्रह गरेको छ । 
 
सुकुम्बासी बस्तीबाट हटाइएका महिला, बालबालिका, गर्भिणी, सुत्केरी, विरामी, असक्त एवम् बृद्धबृद्धाको उचित रेखदेख र पुनःस्थापनाको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । 
 
हिरासतमा लिइएका व्यक्तिहरुको विधिसम्मत र न्यायिक ढंगमा रिहाइको माग पनि आयोगले गरेको छ । 
 
प्रभावित व्यक्तिहरुलाई मानवीय आधारमा राहत व्यवस्थ गर्न र पुनःस्थापनाका वैकल्पिक उपायहरु अपनाउन पनि आयोगले सरकारसंग आग्रह गरेको छ । 
 
परामर्श बैठकमा आयोग अध्यक्ष केदारनाथ उपाध्याय एवम् सदस्यद्वय रामनगिन सिंह र गौरी प्रधानले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुको न्यायपूर्ण पुनःस्थापना हुनुपर्ने पक्षमा जोड दिए ।

Tuesday, November 22, 2011

Appeal-Women's Campgain for peace and consitution-Third Phase


शान्ति र शान्ति र संविधानका लागि महिला दबाव अभियान - तेस्रो चरण
महिला दबाव अभियान - तेस्रो चरण
सामाजिक न्यायमा आधारित नयाँ नेपालको जग समय सिमाभित्र नागरिकहरूको चाहना अनुरूपको संविधान निर्माण विना संभव छैन । सामाजिक न्यायमा आधारित नेपाल नबनेसम्म महिलामाथि हुने हिंसा र गरिने विभेदहरूको अन्त्य हुन सक्तैन । त्यसैले महिला अधिकार सुनिश्चितताका लागि क्रियाशील हामी महिलाहरू देशलाई रुपान्तरण गर्ने सबै आन्...दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छौं ।

देशमा शान्ति निर्माणको प्रक्रिया पुरा गरी संविधान निर्माण गर्ने वचनबद्धताका साथ तेस्रो पटक बढाइएको संविधानसभाको समय सीमा सकिन लागेको छ । यो अवधिमा माओवादी सेना नेपाली सेनामा समायोजन र पुनस्थापनाका लागि सबै राजनीतिक पार्टिहरूद्वारा गरिएको सहमतीको हामी स्वाबगत गर्दछौं । यो उपलब्धीलाई ऐतिहासिक मान्दै हाम्रा राजनीतिक पार्टिहरू मिल्दा देशले निकास पाउन सक्छ भन्ने विश्वास गर्दछौं । त्यसैले अब राजनीतिक पार्टिहरू भित्र मतभेद, सत्तामोह जस्ता तत्वहरु जसले संविधान समयमा आउने अपठ्याराहरू आउन नपाओस् भनी राजनीतिक पार्टीहरूलाई खबरदारी गर्दछौं । अबको दिनमा राजनीतिक पार्टीहरू एकै ठाउँमा आई संविधान निर्माणमा एकजुट हुन अपिल गर्दछौं । राजनीतिकर्मी संविधानसभाका सदस्यहरू, राज्यका हरेक निकाय साथै सम्पूर्ण जनसमुदायहरूलाई अब हामी आ-आफ्नो ठाउँबाट राजनीतिक पार्टीहरूलाई एकजुट भई समयसिमा भित्र संविधानकोएकिकृत मस्यौदा सार्वजनिक गर्न दबाव सिर्जना गर्नका लागि आव्वाहन गर्दछौं ।

हामी महिलाहरू शान्ति र संविधानका लागि महिला दबाव अभियानको तेस्रो चरणको शुरुवात गरी आ-आफ्नो यो जिम्मेवारी निर्वाह गर्दछौं । हाम्रा निम्नानुसार मागहरू सम्बोधन गरी जिम्मेवार राजनीतिक पार्टीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न अपिल गर्दछौं ।

१. शान्ति प्रक्रियाका बाँकी कामहरू चाँडै सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको
राजनीतिलाई अघि बढाउन २०६८ कार्त्तिक १५ गते राजनीतिक दलहरूले गरेका सात बुँदे
सम्झौता अक्षरशः पालना गरियोस् ।

२. सेना समायोजन, पुनःस्थापना, व्यवस्थापनका सम्पूर्ण चरणमा महिला, अल्पसंख्यक,
सीमान्तकृत र पछाडि पारिएका समूहको अर्थपूर्ण सक्रिया सहभागीता विशेष व्यवस्था गरी
सुनिश्चित गरियोस् ।

३. संविधानको एकिकृत मस्यौदा यहि मंसिर १४ गते भित्र सार्वजनिक गरियोस् ।

उक्त मागहरू पुरा गराउन सबैजनालाई आ-आफ्नो स्थानबाट दबाव सृजना गर्नुको साथै हाम्रो
अभियानलाई सहयोग गर्न अपिल गर्दछौं, शान्ति प्रक्रिया तथा संविधान निर्माणको सबै कार्य
समयमै पुरा गर्न राजनीतिक दल, नीति निर्णयमा रहेका व्यक्तित्व, नागरिक समाज, संचार माध्यम
र सम्पूर्ण नेपालीहरूलाई हार्दिक अपिल गर्दछौं ।
It is used during the press meet in Nov 16, 2011 at National Women Commission as well as Thali Ralley from Nov 17, 2011 from Mandella to Baneshor.

Sunday, November 13, 2011

Women's Campaign for Peace and Constitution

Women's Campaign for Peace and Constitution
The Strategy formulation Workshop
 Babarmahal, Kathmandu,Nov 8, 2011
Objectives
·         To review and reflect the campaign II
·         To come up with way forward

MAJOR HIGHLIGHTS
Total number of participants: 32, total women 31, men 1from Action Works Nepal-Bharat        Prasad Wasti
Total number of organizations: 11
Time: 11.00-16.00
Venue: AYON'S Office at Babarmahal, Kathmandu
Workshop materials: Action Works Nepal
Snacks: WOREC Nepal
Communication: Action Works Nepal and WOREC Nepal as discussed in Nov 1, 2011   meeting
Process:
1. Welcome and introduction: Kala Rai
2. Group work in four groups: Radha Paudel
                I.   Strengths of campaign phase II
             II.   Areas to improves from campaign phase II
          III.    Major opportunities from external environment especially political changes
          IV.   Major challenges from the external environment
3. Buzz session/small group work for Identified major activities for campaign: Radha
            The major activities has already shared in mail by Kala
4. Prioritize the activities and distribute the responsibility accordingly: Radha, Kala
5. Code of conduct: Laxmi Neupane
·         Punctuality
·         Response to email, enquirer for update, if there is gap in communication
·         Refer to campaign not for the organization
·         Shared Responsibility
·         Campaign's name; ` Women's Campaign for Peace and Constitution' Phase III
Close up