Monday, August 19, 2013

Miteri Recycle Center: Action Works Nepal (AWON)


मितेरी  रीसाइकल केन्द्र (Miteri Recycle Center: History and Lessons Learned)
राधा पौडेल, समाजसेबी
 केटाकेटी बेला बाढी, पहिरो, महामारी, आगलागी आदि भनेर बुझ्ने भएदेखिनै सबैभन्दा पहिले त कपडा नै बाँडेको, कपडानै संकलन गरेको सुनेको र देखेको थिए । हालसालै दार्चुलाको घटनामा कपडा हार्दिकताका साथ बाँडेको, हार्दिकताका साथ लिएको पनि देखियो अनि लुगा चाहिदैन, चाहिएको नीति, पैसा आदि हो भन्ने पढ्न, देख्न, सुन्न सबै पाइयो ।
वास्तवमा माथि भनेका दुवै कुरा सत्य हुन्, अर्थात संकलन, वितरण, खुशी, दुःखी सबै भएकै हो । मैले यसै सन्दर्भमा दार्चुलाका केही सरोकारवालासँग कुराकानी गरेको छु । यस्तै मिश्रित उत्तर आएको थियो, जुन अत्यन्तै स्वभाविक पनि हो हाम्रो समाजमा ।
हाम्रो समाज, हाम्रो नेपाली सभ्यता पुरानो सभ्यता हो । आदि काल देखि दान गर्ने कुरालाई धर्मसँग दाँजेर हेर्ने गथ्र्यो जुन पाटीपौवा, चौतारा लगायत दान गर्ने कुराबाट स्पष्ट हुन सकिन्छ । तर यो समाज जटिल पनि छ । फरक–फरक विचार, मुल्य मान्यता, बोकेका मानिसहरु पनि यही समाजमा बस्छन् । स्वार्थी, बद्मास, ज्ञानी लगायत सबै खाले मान्छे खोज्दा पाइन्छन् ।
तथापि हामी विशेष गरी पढेलेखेकाहरु, धनी भनाउँदाहरु, जान्ने सुन्नेहरुमानै विचार, मुल्य, मान्यताको कमी छ जस्तो लाग्छ । चाहे त्यो सोलुको, डोल्पाको, सप्तरीको गरिब व्यक्ति वा काठमाडौंको धनी, नाम चलेको मान्छे नै किन नहोस उसको अनुभूति एउटै हुन्छ । जति काठमाडौंको मान्छे पाँच तारे होटलमा भोकाएको बेला खाना खाएर आनन्द लिन्छ त्यतिनै आनन्द दुर्गमका गरिबहरुले पनि लिन्छन् । तर त्यस्तो भावनाले हेरिदैन नेपालमा । गरिबको, ग्रामिण क्षेत्रमा बसोबास गर्नेको मन नै अर्कै हो । अनुभूतिनै अर्कै हो जस्तो गर्छन प्रायः जसो धनी, पढेलेखेकाहरु । जबसम्म हामी एकअर्कालाई अनुभूति वा दृष्टिकोणले समान रुपमा हेर्न सक्दैनौ तब सम्म कुनै राम्रो नीति र नेता आउँदैमा देश बन्ने, शान्ति आउनेवाला छैन । नेपालीहरुमा अझैपनि पैसा नहुने, नपढेको, घर नभएको मानिसलाई जे गरेपनि हुन्छ, जस्तो खाएपनि हुन्छ, जस्तो लाएपनि हुन्छ भन्ने मान्यता हावी छ । कल्पना नै नगरेको व्यक्तिबाट त्यस्तो व्यवहार देख्दा मलाई खपी साध्य हुँदैन, त्यसैले यो लेख लेख्दैछु ।
धनी, पढेलेखेकाहरुको अनुभूत गर्ने माध्यम फरक हुन्छ, उनीहरु विशेष माध्यमहरु प्रयोग, त्यो समान्य हो । जस्तै हुम्लामा भारी बोकिरहेको भरियाले थाकेर पसिना ओभाउन चौतारीमा जुन किसिमको मज्जाको अनुभूति गर्छ । त्यही अनुभूति काठमाडौंमा एयर कन्डिसनबाट गरिएको होला तर गर्मी हुने र पसिना आउने कुरा समान हो र त्यसलाई समाधान गर्दा हुने मज्जा पनि एकै हो ।
विशेष गरी नेपालमा जाडो महिनामा तराईका केही जिल्लामा जाडोले मृत्युवरण गर्नुपरेको कुरा हरेक वर्ष आउन थालेको छ । पहिले–पहिले बाढीपीडितलाई दिने कपडा अब जाडो पीडितलाई दिन थालिएको छ । सार्वजनिक जीवनमा ख्याति कमाएकाहरुले संकलन गर्ने, आव्हान गर्ने, वितरण गरेको पत्रिकाबाट खुब देखिन्छ । नेपालमा कतिपय ठाउँहरु जस्तै सुदूरपश्चिम, मध्यपश्चिमका पहाडहरुका भित्री गाउँहरुमा, तराईका भित्री गाउँहरु, जहाँ बच्चाहरु, बुढाबुढीहरु कपडा नभएर बाह्रैमास नाङ्गै, चिसै बस्न बाध्य छन् । कतिपय अबस्थामा मृत्यू पनि भएको छ ।

यही यथार्थलाई चिर्न मैले नेतृत्व गरेको र शत प्रतिशत स्वंयमसेवक हिसाबले काम गरेको संस्था एक्सन वक्र्स नेपालको ‘मितरी गाउँ सँगसँगै बाँचौ’ अभियान मार्फत यसको स्थापनाकाल देखिनै कपडाहरु संकलन गरेर वितरण गर्ने गरेको छ । यो विषयमा पहिलो पटक कुराकानी÷छलफल गर्दा साथीहरु अलि हिचकिचाउनु भएको थियो, उहांहरुको भनाई थियो प्रयोग गरिसकेको लुगा पनि कसैले लाउला, त्यसमाथि पनि पत्रपत्रिकामा खबर आइरहन्छ रे बाढी पीडितले पुराना लुगा लगाउनन् रे, नयाँ लुगा पनि पुरानो भनेर मिल्काइदिए रे आदि । तथापि एक्सन वक्र्स नेपालको ‘मितेरी गाउँ सँगसँगै बाँचौ’ अभियानमा कपडा वर्षैभर संकलन र वितरण गर्दछ । यही यथार्थलाई चिर्न एक्सन वक्र्स नेपालको ‘मितेरी गाउँ सँगसँगै बाँचौ’ अभियानमा कपडा वर्षैभर संकलन र वितरण गर्दछ, यसको आफ्नै प्रक्रिया छ, जसलाई आचारसंहिता भनेर भनिन्छ । कुनै व्यक्ति गरिब, दलित, दुर्गममा जन्मनका लागि व्यक्तिको आफ्नो छनौट नभई संयोग वा प्राकृतिक भएकोले सबैले सबैलाई माया र सम्मान गर्न सक्छन् । जसका लागि मित लगाएर गर्न सकिन्छ । यो कुनै व्यक्ति, संस्था वा समूह जो पनि हुनसक्छ । जहाँको पनि हुन सक्छ । जे काम गरेको पनि हुनसक्छ यो माया र सम्मान रगतको नाता, विवाहको सम्बन्ध भन्दा पनि बढी बलियो हुन्छ भन्ने यसको मुलभूत सिद्धान्त हो ।
त्यसैले कपडा संकलन गर्दा हामी दाताहरुलाई कपडा सफा, नच्यातिएको कपडा दिनुस भन्छौ । कपडा दिंदा तपाईको विवेकले १, २ रुपियादेखि जति सकिन्छ त्यतिनै पैसा पनि दिनुस भनेर अनुरोध गर्छौ । त्यसमा दुई वटा कारणहरु छन् । पहिलो कपडा मात्र दियो भने सम्मानहिन अर्थात हेपेर दिएको वा सामान्य दान मात्र जस्तो हुन्छ, यदि पैसा पनि दियो भनेपछि दानभन्दा पनि माथि, साँच्चिकै मानवताको दृष्टिकोणले दिएको, सहानुभूतिले भन्दा पनि माथि उठेर सम्मान गरेको भन्ने हुन्छ भन्ने हाम्रो मान्यता हो भने कपडालाई जहाँ पठाएपनि (अहिलेसम्म हामीले जुम्ला, कालीकोट, हुम्ला र अछाममा पठाएका छौ) कपडा यसै त जाँदैन, कोही व्यक्ति वा संस्थाले कहिलेकाँही फेस भ्यालु –(व्यक्ति विशेषलाई) देला तर सबैलाई त दिदैन । जस्तैे म जाँदा जति सजिलो गरी कपडा लान्छु अरु साथी जाँदा सजिलो भएन र बस, एयरलाइन्सलाई अनुराध गरे पनि त्यो अझैपनि बलियो बन्न सकेको छैन । अर्थात ट्याक्सी, गाडी÷जहाज÷मान्छे वा गधा खच्चडले बोक्नुपर्ने हुन्छ । जुन यसै वा सित्तैमा लैजान सकिदैन । गाउँमा गएर सित्तै नबाँड्दा वा थोरै–थोरै पैसा भएपनि एउटा कपडाको भाडा खर्चमा अरु कपडा पनि जानसक्छ । अर्थात भाडा खर्चमा सहयोग पुग्छ ।
यसरी निर्धारित ठाउँमा पुगेको कपडा हामीले यसै पनि दिदैनौ किनभने निःशुल्क पाएपछि नेपालमा त्यसको माया नगरिएको यथार्थ वा घटना हामीसँग धेरै छन् । हामीले सुन्धारामा बाटोमा राखेर एक सय ६० भनेको सर्ट किनेर लाउनु र डिपार्टमेन्टल स्टोर वा विदेशबाट ब्राण्डेड लुगा र ६००० मा लगाउनुको मज्जा र अनुभूति एउटै हो । दुवैले उत्तिकै आत्मसम्मान पाएका हुन्छन् । खुशी हुन्छन् । त्यसैले समुदायको सल्लाहमा कपडालाई ५–२० रुपैयाँसम्म बेच्ने गरिन्छ । ५, १० वा २० कति राख्ने मितेरी समूहहरु आफैले गर्दछन ्। यसरी मितेरी महिला÷पुरुष÷धामीझाँक्री समूहमा उनीहरुकै नेतृत्वमा बिक्री वितरण गरेपछि उनीहरुकै समूहको वृद्धि, विकासको लागि पैसा को प्रयोग गरिन्छ । आर्थात एक्सन वक्र्स नेपालले त्यो पैसा लिन्न । कति कपडा कहां, कति बाडियो भनेर हरेक वर्ष सामूहिक रुपमा मित (दाता)हरुको अगाडि प्रस्तूत गरिन्छ ।
यसरी कपडा संकलन र वितरण गर्दा धेरैजसो ठाउँमा मानिसहरु खुशी हुन्छन । हानथाप पनि हुन्छ भने कतै–कतै लाउन्न पुरानो भन्छन रे ।मैले आफैले अनुभव गरेको कुरा चाँही के हो भने, यहाँ देखि कपडा लाभान्वित समूहसम्म पु¥याउन  चूनौती छ, जतिसुकै पटाएको, राम्रो कपडा पनि धुलो हुने, कुच्चिने, कहिलेकाँही बाटोमै च्यातिने जस्ता समस्या हामीले नभोगेको होइन ।
कपडा संकलन गर्दा साथीभाई, इस्टमित्र, संघसंस्थालाई भन्दा हामीले कृपया सफा, पटाएर, केटाकेटीको छुट्टै, वयस्क महिला र पुरुषको छुट्टै गरेर ल्याउन अनुरोध गर्छौ । हामीकहाँ कपडाहरु आइरहेका छन् । हामीले भनेजस्तै केहि निश्चित साथीहरु बाहेक धेरैजसो कपडा ज्यादैनै दुःख लाग्ने अवस्थामा हामी कहाँ ल्याइन्छ । बोरामा कसकास पारेको त्यतिको प्रसिद्धी कमाएको मान्छेले ल्याएको कपडा छ, जाँच्नु पर्दैन भनेर सोचियो पहिले–पहिले । वितरण गर्ने बेलामा च्यातिएका, मैला कपडा देखेर आँखा रसाए, पछूतो भयो । भन्न लाज लाग्छ यहाँ, हामी कहाँ यस्ता कपडा आइपुग्छन् की तपाई कल्पनै गर्न सक्नुहुन्न । हामीसित फोटो छन् कपडाहरुको ।  च्यातिएका, उध्रिएका, सुत्केरीले लचप्पै तेल लगाएका, झरीमा लाएर हिँडेर हिलो लतपतिएका, बच्चाको दिसा लागेका, महिलाको महिनावारीको रगत सँगैका यस्ता कपडा हामीले पायौ । हरे हरे हाम्रो सभ्यता, हाम्रो संस्कार ।







हामी अवाक प¥यौ, अब के गर्ने त ? त्यसैले पहिलो दुई–चार महिना पछि सबै कपडा चाहे जोसुकै होस जाँच्ने नियम बनायौ र त्यसपछि हामीले सबैलाई अनुरोध गर्न थाल्यौ । तपाईको कपडा, तपाईले ल्याउनुभएको कपडा तपाईकै अगाडि हामी लगाउँछु, त्यस्तो कपडा लिएर आउनुस है भन्छौ । एकदमै नम्र भाषामा दोहोराएर, तेहेराएर भन्छौ । कोही कोही रिसाउनुहुन्छ, गाली पनि गर्नुहुन्छ । उहाँले कपडा ल्याउन ढिलो गर्नुहुन्छ, अनि हामी फेरि फोन गरेर सम्झाउछौ, त्यसपछि उहाँहरुले ल्याएको लुगा कृपया आउनुस सँगै बसेर हेरौ भनेर अनुरोध गर्छौ । धेरैजसो हेर्न मान्नुहुन्न, फुर्सद छैन भनेर जानुहुन्छ । कोही–कोहीले हेर्नुहुन्छ राम्रा कपडा साथै लगाउनै नहुने कपडाहरु देखेपछि हत्तेरी काम गर्नेले गरेको, बच्चाहरुले गरेको यस्तो राखेछन् भन्नुहुन्छ ।
एकपटक एउटा सार्बजनिक कार्यक्रममा उद्घोषकले ससानो प्वाल भएको, च्यातिएको कपडा भएपनि हून्छ भने, त्यो कपडा मैले प्रतिनिधित्व गरेको क्षेत्रमा लैजानका लागि गरिएको थियो । मलाई आगोको लप्काले पालेजस्तै भो । तूरुन्तै म उठेर प्रतिवाद गरे, हाम्रो भनाभननै भयो । यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो । मलाई लाग्दैन उहाँहरु च्यातिएका, उद्रिएका, फस्नर नभएका, कपडा लगाएर हिँड्नहूून्छ । उहांहरु जस्तो सबैले गरिबहरुको, पीडितहरुको स्वाभिमान त गरिब हून्न भन्ने बूझिदिए कति जाती हूने थियो होला ।
नेपाली समाज लक्ष्मीप्रसाद देवकोटाले आफुले लगाएको कोट दिएर घरमा नाङ्गै फर्किएको समाज हो तर आज लाज, डर, घिन टाडिएर जाँदैछ । आफ्नो समाज, आफ्नो देशमा आफैले विद्रोहको बीउ रोप्दैछ । बर्गका हिसाबले खाडल खन्दै, मनोबैज्ञानिक ढंगले द्रन्द निम्त्याउदैछ ।

माथी उल्लेख गरे अनूसार करिव तिन वर्षको सिकाई चूनौती, अवसरको आधारमा एक्सन वक्र्स नेपालले मितेरी रीसाइकल  सेन्टर सूरुवात गर्यो । जून वंगलादेशका नोवेल  पूरस्कार विजेता प्रो. मोहम्मद यूनूस ले सूरुवात गरेको सामाजिक व्यवसाय (Social Business) को सिद्धान्तमा आधारीत छ भने यो कपडा नै रीसाइकल गर्ने सन्र्दभमा फीरीप इथीक्यू र अक्सफार्म यूके मिलेर यूके र अफ्रिकामा व्यवसाय सफलतापूर्वक गरीरहेका छन । एक्सन वक्र्स नेपालले यो मितेरी रिसाइकलवाट उत्पादन गरीएका कपडाहरु १२ अगष्ट २०१३, १४ औँ अन्तराष्टीय यूवा दिवसको अवसरमा काठमाडौँको राष्ट्रीय सभागृहमा पसल नै थापेर वेचविखन प्रारम्भ गरेको छ । यसैगरी सम्वृद्ध र शान्त नेपालका लागी यूवाहरुका तर्फवाट प्रस्तूत गरीएका उत्कृष्ट १५ सपनाहरु  मध्ये यो मितेरी रीसाइकल केन्द्र पनि प्रस्तूत गरीएको थियो । जहाँ भूतपूर्व प्रधानमन्त्री माधवकूमार नेपाल, मूख्य राजनितिक पार्टीका नेताहरु लगाएत वूद्धीजिवीहरु, नागरीक समाजका अगूवाहरुको वाक्लो उपस्थित थियो । मितेरी कपडा पसलको प्रक्रिया वूझन र अवलोकन गर्न मन्त्री, नेता, राष्ट्रीय खेलाडीहरु, सर्वसाधारणको घूइचो थियो ।

                
रीसाइकल केन्द्र भन्नाले संकलन गरीएको कपडालाई पून प्रयोगमा ल्याउनका लागी सफा गर्ने आवश्यता अनूसार मर्मत, आइरन गर्ने प्याकीé   गरी निर्धारीत ठाउँमा पूयाउने कार्यहरु पर्दछ

सायद विदेशमा बस्ने, विदेश जानेहरुले यस्ता पसल देख्नूभएको होला । बेलायत, फिलिपिन्स, सेनेगलमा यो अभ्यास एकदमै सफल छ । तिनिहरु मानवताका दृष्टिकोणले हामी नेपाली भन्दा धैरैनै संवेदनशिल छन् । आसा छ एक्सन वक्र्स नेपालको मीतेरी गाउँ सँगसँगै वाचौँ अभियान मार्फत सूरु गरीएको मितेरी रीसाइकल केन्द्रमा यहाँहरुको सक्रिय सहभागीता, सहयोग, सूभेच्छा, सहकार्य प्राप्त हूनेछ ।

थप जानकारीको लागि ।
फोन नं ः ०१ ४२२७३३०, ४१०२१०३
एक्सन वक
र्स नेपाल
थापाथली, काठमाडौँ


No comments:

Post a Comment