Tuesday, November 22, 2011

Appeal-Women's Campgain for peace and consitution-Third Phase


शान्ति र शान्ति र संविधानका लागि महिला दबाव अभियान - तेस्रो चरण
महिला दबाव अभियान - तेस्रो चरण
सामाजिक न्यायमा आधारित नयाँ नेपालको जग समय सिमाभित्र नागरिकहरूको चाहना अनुरूपको संविधान निर्माण विना संभव छैन । सामाजिक न्यायमा आधारित नेपाल नबनेसम्म महिलामाथि हुने हिंसा र गरिने विभेदहरूको अन्त्य हुन सक्तैन । त्यसैले महिला अधिकार सुनिश्चितताका लागि क्रियाशील हामी महिलाहरू देशलाई रुपान्तरण गर्ने सबै आन्...दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छौं ।

देशमा शान्ति निर्माणको प्रक्रिया पुरा गरी संविधान निर्माण गर्ने वचनबद्धताका साथ तेस्रो पटक बढाइएको संविधानसभाको समय सीमा सकिन लागेको छ । यो अवधिमा माओवादी सेना नेपाली सेनामा समायोजन र पुनस्थापनाका लागि सबै राजनीतिक पार्टिहरूद्वारा गरिएको सहमतीको हामी स्वाबगत गर्दछौं । यो उपलब्धीलाई ऐतिहासिक मान्दै हाम्रा राजनीतिक पार्टिहरू मिल्दा देशले निकास पाउन सक्छ भन्ने विश्वास गर्दछौं । त्यसैले अब राजनीतिक पार्टिहरू भित्र मतभेद, सत्तामोह जस्ता तत्वहरु जसले संविधान समयमा आउने अपठ्याराहरू आउन नपाओस् भनी राजनीतिक पार्टीहरूलाई खबरदारी गर्दछौं । अबको दिनमा राजनीतिक पार्टीहरू एकै ठाउँमा आई संविधान निर्माणमा एकजुट हुन अपिल गर्दछौं । राजनीतिकर्मी संविधानसभाका सदस्यहरू, राज्यका हरेक निकाय साथै सम्पूर्ण जनसमुदायहरूलाई अब हामी आ-आफ्नो ठाउँबाट राजनीतिक पार्टीहरूलाई एकजुट भई समयसिमा भित्र संविधानकोएकिकृत मस्यौदा सार्वजनिक गर्न दबाव सिर्जना गर्नका लागि आव्वाहन गर्दछौं ।

हामी महिलाहरू शान्ति र संविधानका लागि महिला दबाव अभियानको तेस्रो चरणको शुरुवात गरी आ-आफ्नो यो जिम्मेवारी निर्वाह गर्दछौं । हाम्रा निम्नानुसार मागहरू सम्बोधन गरी जिम्मेवार राजनीतिक पार्टीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न अपिल गर्दछौं ।

१. शान्ति प्रक्रियाका बाँकी कामहरू चाँडै सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको
राजनीतिलाई अघि बढाउन २०६८ कार्त्तिक १५ गते राजनीतिक दलहरूले गरेका सात बुँदे
सम्झौता अक्षरशः पालना गरियोस् ।

२. सेना समायोजन, पुनःस्थापना, व्यवस्थापनका सम्पूर्ण चरणमा महिला, अल्पसंख्यक,
सीमान्तकृत र पछाडि पारिएका समूहको अर्थपूर्ण सक्रिया सहभागीता विशेष व्यवस्था गरी
सुनिश्चित गरियोस् ।

३. संविधानको एकिकृत मस्यौदा यहि मंसिर १४ गते भित्र सार्वजनिक गरियोस् ।

उक्त मागहरू पुरा गराउन सबैजनालाई आ-आफ्नो स्थानबाट दबाव सृजना गर्नुको साथै हाम्रो
अभियानलाई सहयोग गर्न अपिल गर्दछौं, शान्ति प्रक्रिया तथा संविधान निर्माणको सबै कार्य
समयमै पुरा गर्न राजनीतिक दल, नीति निर्णयमा रहेका व्यक्तित्व, नागरिक समाज, संचार माध्यम
र सम्पूर्ण नेपालीहरूलाई हार्दिक अपिल गर्दछौं ।
It is used during the press meet in Nov 16, 2011 at National Women Commission as well as Thali Ralley from Nov 17, 2011 from Mandella to Baneshor.

No comments:

Post a Comment