Tuesday, May 8, 2012

http://www.onsnews.com/index.php?pagename=topstories&id=13743

AWON has participated in the human right monitoring of the smashed of slums in the Thapathali side of Bagmati river in May 8, 2012. Also participated in delegation to National Human Right Commission, press released.

248 household smashed since 5 am in the morning without prior information.30-35 were arrested and kept in three different places.20 men, 10 women and 5 children were arrested and keptin Maharajgunj. Neema Sherpa was injured due to cell of tear gas and police beaten to the women. 

वास्तविक सुकुम्बासीको पहिचान गरी यथोचित पुनः स्थापना गर्न माग

 
ललितपुर, २६ बैशाख (ओएनएस ) : थापाथलीस्थित बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई सरकारले मंगलबार विहान हटाएको र घर-टहरा भत्काएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित सुकुम्बासीका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुसंग आयोगकै सभाकक्षमा परामर्श गरेको छ । 
 
परामर्श बैठकको क्रममा सुकुम्बासीहरुलाई हटाउने सिलसलामा भएको झडपमा घाइते भएका सुकुम्बासीहरुको उचित औषधिउपचारका लागि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । 
यसैगरी, वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई यथोचित पुनःस्थापनाको व्यवस्था गर्न आयोगले सरकारसंग आग्रह गरेको छ । 
 
सुकुम्बासी बस्तीबाट हटाइएका महिला, बालबालिका, गर्भिणी, सुत्केरी, विरामी, असक्त एवम् बृद्धबृद्धाको उचित रेखदेख र पुनःस्थापनाको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । 
 
हिरासतमा लिइएका व्यक्तिहरुको विधिसम्मत र न्यायिक ढंगमा रिहाइको माग पनि आयोगले गरेको छ । 
 
प्रभावित व्यक्तिहरुलाई मानवीय आधारमा राहत व्यवस्थ गर्न र पुनःस्थापनाका वैकल्पिक उपायहरु अपनाउन पनि आयोगले सरकारसंग आग्रह गरेको छ । 
 
परामर्श बैठकमा आयोग अध्यक्ष केदारनाथ उपाध्याय एवम् सदस्यद्वय रामनगिन सिंह र गौरी प्रधानले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुको न्यायपूर्ण पुनःस्थापना हुनुपर्ने पक्षमा जोड दिए ।

No comments:

Post a Comment