School Enrollment Campgain: result oriented or donor oriented
http://www.onsnews.com/index.php?pagename=lekh&id=103
विद्यालय भर्ना अभियान नतिजामुखी कि दातृनिकायमुखी ?
राधा पौडेल / चाँहे इन्धनको सवाल होस् वा फोहोर व्यवस्थापन वा सुकुम्वासी
व्यवस्थापन होस्, सरकार सदैव लक्षणहरुमा काम गर्ने सहानुभूति देखाउने
हस्ताक्षर गर्ने कामहररुमा मात्र अग्रपंत्तिमा छ । जतिसुकै लोकतान्त्रिक
सरकार मानिएता पनि लक्षणहरुमा मात्र केन्दि्रत रहने, मुल जरामा सम्बोधन
नगर्ने, गर्न नचाहने थुप्रै उदाहरणहरु छन् नेपाल सरकारका ।
सरकारमा बस्ने मन्त्रीहरुलाई फोटो खिचाउने इतिहास लेखाउन हतार छ । न कि
जनजीविकाको सरोकारका क्षेत्रमा संस्थागत विकास गर्न । यसको अर्को उदेक
लाग्दो उदाहरण हो "विद्यायल भर्ना "अभियान । टेलिभिजनमा देखिएको देखिएकै छ,
माछा मार्ने बाल बच्चाहरु विद्यालयमा, यसले यो पंत्तिकारको मनमा केही
प्रश्नहरु उब्जेका छन् ।
१। २ वर्षअघि ती बालिकाले किन स्कुल छोडे ?
२। स्कूलको वातावरण, शिक्षक, शिक्षण प्रणाली कस्तो थियो ?
३। अभिभावक विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको भूमिका र समन्वय कस्तो थियो ?
४। विद्यार्थीको घरमा के कस्तो अवस्था थियो रु विद्यार्थीलाई घरको अवस्थाले पढ्न उत्साहित गर्छ कि निरुत्साहित ?
५। जिल्ला शिक्षा कार्यालय विद्यालयको गतिविधि गुणस्तरीय शिक्षा सम्बन्धी जानकार राख्छ कि राख्दैन ?
६। स्थानीय तहका राजनैतिक पार्टीहरु स्कुलको क्रियाकलाप र प्रगतिप्रति सरोकार राख्छन कि राख्दैनन् ?
७। हाल पुनः भर्ना भएका विद्यार्थी किन भर्ना भए रु उनीहरुलाई भर्ना गर्न
के कुराले उत्पे्ररित गर्यो रु के यो प्रेरित गर्ने कुरा दीगो रहन्छ ?
८। के सरकार स्कूल भर्ना कार्यक्रमलाई धरपकड लक्ष्य पूरा गर्न मात्र हो रु के भर्ना गर्दैमा त्यस्को लक्ष्य पूरा भयो ?
सहस्राब्दी लक्ष्यलाई हेर्ने हो, भने करिब सातै वटा लक्ष्य प्राप्त गर्नका
लागि शिक्षाको भूमिका अपरिहार्य छ । शून्यतामा न महिला शसक्तिकरण संभव छ न
गरिबी न्यूनिकरण, वातावरण संरक्षण रोगहरुको रोकथाम ।
शिक्षाको महत्व यति छ र उसो छ भनेर गरिएका भाषण, लेखिएका नीति नियमले के
शिक्षामा हासिल गर्न खोजिएको नतिजा प्राप्त गर्न संभव छ र ? किनकी हाम्रा
दुर्गम स्थानका विद्यालयमा अझै पनि विकराल स्थितिबाट गुर्जिएको छ, शिक्षा ।
जुम्ला जिल्लाको सदरमुकामबाट ४ घन्टा हिडेर पुगिने स्कूलको यथास्थिति :
स्कुल स्थापना भएको २५ वर्ष भयो, करिब १६०० बच्चा त्यस स्कूलबाट पढेर
निस्के जसमा ८ जना मात्र अस्थायी शिक्षकको रुपमा कार्यरत छन् भने करिब
१०-१५ जना अशक्त अवस्थामा गाउँमा छन् । बाकी सबै नेपालगंज र भारतमा मजदुरी
गर्दैछन् । त्यति मात्र कहाँ हो र विद्यालयमा अहिलेसम्म पठनपाठनका लागि
आवश्यक शैक्षिक सामग्री छैनन् ,प्रशस्त शिक्षक छैनन् । भएका शिक्षक नियमित
रुपमा विद्यालय आउदैनन् आएका शिक्षकलाई पाठ्यक्रम राम्रोसँग पढाउन आउदैन
।
अभिभावक बेखबर छन् । फेल किन भए भन्ने प्रश्न मात्र गर्दछन् । विद्यालय
व्यवस्थापन समिति झनै कुहिरोमा छ । १-२ पटक कार्यसमितिको कार्यकाल सकिसक्यो
। विद्यार्थीहरुमा सपना छैन, खाजा खान पाइने बहानामा स्कूल आउछन् ।२ जना
बच्चा एउटा कपी लिएर आउछन् । तीन कक्षा पढ्ने बहिनी आफ्नो नाम जानुका
लेख्छिन् । राधा लेख्न सक्दिनन् । ७ कक्षा पढ्ने भाई आफ्नो हेडसरको नाम
अंग्रेजीमा लेख्न सक्दैनन् ।
पाठकवर्ग तपाईको टाउको दुखेन रु व्यक्ति मात्र कहाँ हो र रु चाहे त्यो
तराईका जिल्लामा होस् वा कर्णालीमा एसएलसीको ११, १२ को परीक्षा हलमा झडप
हुन्छ, टाढा टाढा गएका दाजु दिदीहरु घर आको अभास छ । जुन चिट चोराउन संभव
भए आफै नै परीक्षा हलमा बस्ने गर्नका लागि यो पंत्तिकारले आँखाले देखेको छ
यो सबै चरित्र ।
यो परिवेशमा भर्ना अभियानमा संख्या बढाएर नतिजा प्राप्त गर्न सकिन्छ खै
हामीले नजितामुखी योजना प्रक्रिया सुरु गरेको रु नेपाल जिवनस्तर
स्ट्रान्डर्ड सर्भे तेश्रोको नतिजाले पनि शिक्षित घरमुलीमा ४, ५ गुणा गरिबी
कम भएको पुष्टि गरिएको छ । यसर्थ शिक्षाको महत्व व्याख्या गर्न जरुरी छैन
। जरुरी छ, तर नतिजामुखी कार्यक्रमको विद्यार्थीहरुले सिक्ने वातवारण
सृजना गर्न, शिक्षकलाई सिकाउने वातवरण सृजना गर्न त्यति सजिलो छैन ।
यसका लागि स्कूल र अभिभावकको अन्तरक्रिया, बहस, छलफल अति नै सघन रुपमा हुन
जरुरी छ । समुदायले अर्थात् अभिभावकहरुले यसको महत्व वुझेपछि विद्यालय
व्यवस्थापन समिति आफै छानिएर जाने र सक्रिय रुपमा लाग्ने अभ्यासको बृद्धि
हुन्छ, जहाँ शिक्षा कार्यालयको रणनीतिक योजना अनुरुप सुपरिवेक्षण र अनुगमन
अपरिहार्य छ ।
हुन त कतिपय स्थानमा विद्यालय व्यवस्थापन र अभिभावक संघ नै बाधक देखिएका
छन् । बाधक कतिवबेला सिद्ध हुन्छन्, तब राजनीति घुस्छ उनीहरुको भूमिका र
कर्तव्यका बारेमा बेखबर छन् । आफ्नो बच्चा जन्मदा सुनौलो भविष्यको कल्पना
नगर्ने कुन चाँहि अभिभावक हुन्छ र ?
यस परिवेशमा राष्ट्रलाई दीगो शान्ति र समृद्धितिर धकेल्नको लागि सरकार
लगायत सरोकारवाला निकायले शैक्षिक प्रणालीलाई नतिजामुखी दृष्टिकोणले अगाडि
सारिएन भने नेपालको भविष्यमा अन्धकारमय छ । अहिले नेपालको जनशक्ति हेर्ने
हो भने सरहमा बालबालिकाको संख्या घट्दो छ । कोही विदेश गइसकेका छन् भने
कोही जाने तरखरमा छन् ।
ग्रामिण स्तरमा बालबालिकाको संख्या धेरै छ । प्राय उनीहरुको अवस्था
अस्वस्थ रहदा सिंगो नेपालको भविष्य नै अस्वस्थ रहने निश्चित छ । यसर्थ दातृ
निकायलाई खुशी पार्नका लागि वा कार्यक्रमको लगानीका लक्ष्य पुरा गर्नको
अलावा नतिजा के प्राप्त गर्नु पर्दछ । त्यसका लागि ठाउँ परिस्थिति जात,
भाषा, प्रविधिलाई मध्य नजर जानुको विकल्प छैन ।