Tuesday, May 8, 2012

women's campgain for peace and constitution
http://www.onsnews.com/index.php?pagename=topstories&id=13741
As a part of advocacy, we are organizing various activities since first phase and currently running forth phase of campgain.
As a part of forth phase of campgain for peace and constitution,we are organizing various activities. To submit the attention paper to the party's SACHETAK is also a activitiy. We did to Dev Gurung of Maoist and then went to the UML Mr Bhim Acharya. He denied to the movement of women's campgain and balmed the women right activists as a part of dollor farming and disagree with our movement including slum/sukumbasi movement. see the details in below news.

एमाले सचेतक महिला अधिकारकर्मी माथि खनिए


लोग्शरी कुँवर / काठमाडौ, २६ वैशाख (ओएनएस) : एमाले प्रमूख सचेतक भीम आचार्य महिला मानव अधिकारकर्मीहरुले डलर खाएर महिलाको मात्र वकालत गरेको भन्दै महिला अधिकारकर्मीमाथी खनिएका छन् ।
 
तोकिएको समयमा लैगिंक मैत्री नयाँ संविधान जारी हुनुपर्ने माग राख्दै मंगलबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा ध्यानाकर्षण पत्र बुझाउँन गएका महिला मानव अधिकारकर्मीलाई एमाले सचेतक आचार्यले यस्तो आरोप लगाएका हुन् । 
 
ध्यानाकर्षण पत्र बुझे पश्चात महिलाका केही मुद्दाहरुमा कुरा उठेपछि महिला अधिकारकर्मीहरुले मंगलबार काठमाडौंको थापाथलीस्थित वाग्मति नदी किनारमा बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई उठाउने क्रममा कुनै व्यवस्था नै नगरी सरकारले उठिवास गरेको भनेपछि एमाले सचेतक आचार्यले महिला मानव अधिकारकर्मीहरुलाई भने - "तपाईहरु डलर खाएर सबै खालका महिलाका विषयमा कुरा गर्न छोड्नुस् । तिनीहरु साच्चिकै सुकुम्वासी हुन् र ? तिनीहरुको पुख्र्यौली घर कहाँ हो, थाहा छ तपाईहरुलाई ? यस्ता वाहियात कुरा नगर्नुहोला" भन्दै रिस पोखेका थिए ।
 
आचार्यले डलर खाएर महिलाहरुले सुकुम्वासी मुद्दा जस्तो अनावश्यक कुरामा पनि बोलेको भन्दै खनिएपछि एमालेकै वरिष्ठ नेता केपी ओलीले सुकुम्वासीहरुलाई उचित व्यवस्थापन नगरी हाल बसोबास गरिरहेको ठाउँबाट उठाइनु हुन्न भन्नु भएको थियो त भनेपछि आचार्यले झन् आक्रोसित हुँदै 'केपी ओली एमालेको मान्छे हो र ?' भन्दै आक्रोस पोखेका थिए । 
 
महिला अधिकारकर्मी कला राईले पार्टीका प्रमूख नेताहरुबाट समेत निश्पक्ष महिला अधिकारकर्मी माथि यस्तो अपमान हुनु राम्रो नभएको प्रतिक्रिया दिइन् ।  
 
ध्यानाकर्षण पत्र बुझाउन जाँदा एमाले सचेतक आचार्यले महिला अधिकारकर्मीलाई यसो भनिरहँदा एमाले सभासद दुर्गा परियार पनि सोही ठाउँमा बसिरहेकी थिइन् ।
 
महिलाहरुले मंगलबारनै एकिकृत नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङलाई पनि तोकिएको समयमा नै संविधान जारी हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।     
 
 
 
 

No comments:

Post a Comment